काठमाडौं – तराईमधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेस एउटा राष्ट्र भएको ठोकुवा गरेका छन् । उनले भने, ‘मधेस एउटा राष्ट्र हो । राष्ट्र बन्नका लागि भाषा, संस्कृति र जनसंख्या आर्थिक स्रोतलगायतका जेजे चाहिने हो, त्इो सबै पूर्ण भएको छ । त्यसैले अवको हाम्रो मागनै मधेस अलग राष्ट्र हो। तमलोपाले मधेस आन्दोलनका मुद्दा र सञ्चार विषयमा शनिबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष ठाकुरले भने, ‘मधेस एउटा राष्ट्र भएकाले हामी हाम्रो जन्मसिद्ध अधिकार पूरा गर्छौं भन्दै शान्तिपूर्ण आन्दोलन गर्दा राष्ट्रघाती र बिखण्डनकारीको नारा राज्यबाटै दिनु सरासर गलत हो ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
नवराज विक, कतार । आफ्नो मुलुकमा सन् २०२२ हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको तयारी सन्दर्भमा कतारले विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् सरोकार भएकाहरुसँग छलफल सुरु गरेको छ । विश्वकप आयोजक सर्वोच्च समिति सहायक सचिव नासिर अल खातिरले आफ्नो मुलुकमा आयोजना हुने विश्वकपलाई विश्व समुदायको एकता र सहकार्यको अनुभूति गर्ने बनाउन आफूहरु तल्लीन रहेको बताउनुभयो । कतारमा रहेका विभिन्न राष्ट्रका प्रतिनिधि र समुदायसँगको भेटमा उहाँले विश्वकपको तयारीका बारेमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । उहाँले कूटनीतिक नियोगका प्रतिनिधिलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी सिक्न र तपाईँहरुसँगै अघि बढ्न चाहन्छौं ।” भेटमा विश्वकपको तयारीमा रङ्गशाला निर्माणदेखि आवश्यक तयारी सबै क्षेत्रमा संग्लन रहेका जिम्मेवार व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिँदै उहाँले विश्वकपको इतिहासमै आफ्नो मुलुकमा हुने विश्वकप स्मरणीय बनाउन सिङ्गो मुलुककै ध्यान अहिले केन्द्रित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली सङ...