Skip to main content

विश्वकप फुटबल ऐतिहासिक बनाउने तयारी तीव्र

नवराज विक,
कतार । आफ्नो मुलुकमा सन् २०२२ हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको तयारी सन्दर्भमा कतारले विभिन्न मुलुकका कूटनीतिक नियोगका प्रमुख एवम् सरोकार भएकाहरुसँग छलफल सुरु गरेको छ । 

विश्वकप आयोजक सर्वोच्च समिति सहायक सचिव नासिर अल खातिरले आफ्नो मुलुकमा आयोजना हुने विश्वकपलाई विश्व समुदायको एकता र सहकार्यको अनुभूति गर्ने बनाउन आफूहरु तल्लीन रहेको बताउनुभयो । 

कतारमा रहेका विभिन्न राष्ट्रका प्रतिनिधि र समुदायसँगको भेटमा उहाँले विश्वकपको तयारीका बारेमा भएको प्रगतिबारे जानकारी गराउनुभएको थियो । उहाँले कूटनीतिक नियोगका प्रतिनिधिलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी सिक्न र तपाईँहरुसँगै अघि बढ्न चाहन्छौं ।” 

भेटमा विश्वकपको तयारीमा रङ्गशाला निर्माणदेखि आवश्यक तयारी सबै क्षेत्रमा संग्लन रहेका जिम्मेवार व्यक्तिले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको जानकारी दिँदै उहाँले विश्वकपको इतिहासमै आफ्नो मुलुकमा हुने विश्वकप स्मरणीय बनाउन सिङ्गो मुलुककै ध्यान अहिले केन्द्रित भएको उल्लेख गर्नुभयो । 

कार्यक्रममा नेपाली समुदायको प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनेश तामाङले नेपाली समुदायले विश्वकपलाई सफल बनाउन सहयोग गर्ने तथा नेपाल र कतारबीचको सम्बन्ध प्रभावकारी बनाउन लागिपर्ने बताउनुभया । रासस

Comments

Popular posts from this blog

Photo Editor

Free Call To USA ,Canada from Nepal to Local Mobile Numbers

Call To Usa  and Canada Free of Costs.Follow this tricks; Step 1)Open Your Browser And Search For Zenmate (PC Chrome Extension)                      Step2) Install Zenmate on Chrome Browser                     Step3) Select USA IP address                      Step4)Open Your Gmail (as Shown above)                      Step 5)Click On "Make a Call "                       Step6) Dial Local numbers from USA ,Canada, and Enjoy Unlimited Call. Copyright:Merotools.com

Top 10 free ways to make money online in Nepal

If you want to know how to make money online then you are at right place. Earning money online is really fun, if you get safe and legit methods. It took me 3 years to know and list the exact methods to earn. I tried different methods but i got into the hands of brokers many times. About 95% of my works were for spam from which i didn’t get any money. But, at the end some methods really made me money and prepared this list of Top 10 free ways to make money online in Nepal. The methods listed here doesn’t cost you. So, feel free to try.  I urge you to read all the articles linked here to get the best result. Why not take some time and know more things. Have Patience you will get the result. 1)Blogging : It is by far the best thing to get started with to make money online. To set up a blog it is Super easy. You can set up your blog with free platforms like Blogger or WordPress. You can apply many ideas into that single blog to earn.  But, to succeed choosing the blog of right nam...